नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा बाराको निजगढमा

Nepal Live

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले बाराको निजगढमा नयाँ शाखा खोलेको छ। पर्साको विरगञ्ज  लिंकरोडमा रहेको बैंकको शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो।

निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा बैंकले लिएको छ। 

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा खोलेको जनाएको छ।

हाल बैंकले ५७ वटा शाखा, १ सय एटिएम तथा ७ वटा एक्स्टेन्सन काउन्टरबाट देशभर सेवा दिइरहेको छ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार