ट्रम्प प्रशासनको आप्रवासीसम्बन्धी नीतिको विरोधमा प्रदर्शन

Nepal Live

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका केही शहरमा अमेरिकाले हालै लिएको आप्रवासीसम्बन्धी नीतिको विरोध जारी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैको आप्रवासीसम्बन्धी नीतिबारे यहाँका विभिन्न शहरमा बुधबार पनि विरोध र्‍यालीको आयोजना गरिएको हो। 

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई अमेरिकाले उनीहरूका सन्तानबाट छुट्टै राख्ने भनी गरेको निर्णयको विरोध गर्दै ती प्रदर्शन भएका हुन्। 

राष्ट्रपति ट्रम्पको यस नीतिप्रति र्‍यालीमा आक्रोश व्यक्त भएको बताइएको छ। उता राष्ट्रपति ट्रम्पले भने विरोध प्रदर्शनको क्रमलाई रोक्ने बताएका छन्।

विरोध र्‍यालीमा प्रदर्शनकारीले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहन दिइनुपर्ने माग राखेका थिए। 

यस्तो विरोधपछि बालबालिकालाई अभिभावकबाट अलग गर्ने नीति परिवर्तन गरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेपनि अझै पनि सबै बालबालिका आफ्ना आमाबुवासँग बस्न पाएका छैनन्। 

त्यस्ता बालबालिकाको भविष्यलाई लिएर ती विरोध प्रदर्शन गरिएको बताइएको छ। रासस/एएफपी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार