काठमाडौं– २५ वर्षअघिबाट गायनमा निष्क्रिय बनेका गायक भीमसेन टि लामा पुन: गायनमा फर्किएका छन्।
‘मुसुक्क हाँसीदिँदा ज्यानै लुट्यो’ बोलको गीतबाट नेपाली सांगीतिक बजारमा स्थापित बनेका लामाले गायन यात्रामा आफ्नो उपस्थिीति देखाउन थालेका छन्। उनले केही महिनाअघि उक्त गीतको रिमेक भर्सन सार्वजनिक गरेका थिए।
२०४७ सालमा रेकर्ड भएको गीतलाई उनले पुनः एरेन्ज गरी सार्वजनिक गरेका हुन्। जसमा विश्व बल्लभको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ। २५ वर्षसम्म जागिर र अभिनयतर्फ व्यस्त बनेको बताउने लामाले पुनः नयाँ गीत बजारमा सार्वजनिक गरेका छन्।
लामाले हाल ‘हे कान्छी’ बोलको गीत सार्वजनिक गरेका छन्। लामाको स्वर रहेको उक्त गीतमा विकास सिलवालको शब्द तथा संगीत रहको छ। गीतलाई विकास भुजेलले एरेन्ज गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा दोर्जे लामा, पूर्णिमा लामा, अलिना गुरुङका साथ गायक लामाकै अभिनय रहेको छ। सेलो बिटमा रहेको गीतको भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।