सासू-ससुरामाथि ज्वाइँले गरे रड प्रहार : ससुराको मृत्यु, सासू घाइते

Nepal Live

वालिङ, स्याङ्जा- आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। 

स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापालाई निजकै छोरीज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गरेका थिए। गम्भीर घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

छोरीज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र निजको फिस्टेल अस्पताल पोखरामा नै उपचार भइरहेको छ। 

ज्वाइँ खुमबहादुरलाई निजकै घरबाट पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार