काठमाडौं– धरानमा एक युवकको छुरा प्रहार गरी हत्या भएको छ। धरान उपमहानगरपालिका–१ बस्ने अमितकुमार राईको हत्या भएको हो।
धरान उपमहानगरपालिका–१३ फुस्रेमा हिंडीरहेको अवस्थामा पुरानो रिसइबीको कारण सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष लिम्बु र २० वर्षीय आशिस माझीले सोमबार छुरा प्रहार गर्दा गम्भीर घाइते भएका राईको उपचारको लागि घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
छुरा प्रहार गर्ने लिम्बु र माझीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।