एजेन्सी- यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलायतका लेखक काजुओ इसिगुरोले पाउने भएका छन्।
नोबेल पुरस्कार कमिटिले बिहीबार स्विडेनमा आयोजित कार्यक्रममा पुरस्कारको घोषणा गरेको हो । पुरस्कार कमिटिले ६२ वर्षीय उपन्यासकार तथा कथाकार इसिगुरोले 'विश्वसँगको सम्बन्धमा भ्रामक अर्थको निकै गहिराइमा गएर पर्दाफास गरेको' उल्लेख गरेको छ।
BREAKING NEWS The 2017 #NobelPrize in Literature is awarded to the English author Kazuo Ishiguro pic.twitter.com/j9kYaeMZH6
— The Nobel Prize (@NobelPrize) October 5, 2017
सन् १९८९ मा प्रकाशित 'द रिमेन्स अफ द डे' पुस्तकबाट उपन्यासकारको ख्याति कमाएका उनले सोही कृतिबाट म्यान बुकर पुरस्कार पनि जितेका थिए।
सन् १९५४ मा जापानको नागासाकीमा जन्मिएका उनको परिवार १९६० मा बेलायत सरेको थियो । युनिभर्सिटी अफ केन्टबाट स्नातक गरेका इसिगुरोले १९८० मा युनिभर्सिटी अफ इस्ट एंग्लियाबाट क्रिएटिभ राइटिङमा स्नातकोत्तर गरेका थिए।
'द रिमेन्स अफ द डे' उपन्यासका साथै 'एन आर्टिस्ट अफ द फ्लोटिङ वर्ल्ड' (१९८६), 'ह्वेन वि वेयर अर्फान्स' (२०००), 'नेभर लेट मि गो' (२००५) उनका उल्लेख्य कृति हुन्।
इसिगुरो साहित्यमा नोबेल पुरस्कार जित्ने एक सय १४औं साहित्यकार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।