विदेशिने कामदारका समस्या सम्बोधन गर्न शुभयात्रा एप्लिकेसन

Nepal Live

काठमाडौं– वैदेशिक रोजगारीको लागि विदेशिने कामदारका समस्या सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शुभयात्रा एप्लिकेसनमार्फ कामदारका समस्या सुनुवाइ गर्न सुरु गरिएको छ।

एप्लिकेसनमार्फत रोजगारीको खोजीमा विदेशिने युवाका विभिन्न समस्या समाधान गर्ने प्रयास गरिने प्रवासी नेपाली समान्वय समितिले जनाएको छ। आज राजधानीमा आयोजित एक कार्यक्रम आयोजना गर्दै समितिले एप्लिकेसन १ लाखभन्दा बढीले प्रयोग गरिरहेको जानकारी गराएको छ।

एप्लिकेसनमार्फत आएका समस्या सरकारको सम्बन्धित निकायसम्म पुराएर समाधान गर्न पहल गरिने समितिका अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए। उक्त एप्लिकेसनबाट वैदेशिक रोजगारीका विषयमा धेरै सूचना पाउन सकिने उनको भनाइ छ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) र अन्य विभिन्न संघ–संस्थाको सहयोगमा शुभयात्रा एप दुईहप्ता अघि सञ्चालनमा ल्याएको हो। सरल, सुरक्षित वैदेशिक रोजगारीमा जान आवश्यक कागजात, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार सम्बन्धी ऐन कानुन, कूटनीतिक नियोगको सम्पर्क नम्बर, सम्बन्धित मन्त्रालय तथा निकायको नम्बर र वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्दा कसरी उद्धार हुन्छ भने जानकारीलाई एपमा समेटिएको छ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार