काठमाडौं– भान्जी नाता पर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। विराटनगरका ज्योती श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त गौशलाले पक्राउ गरेको हो।
गत असार २ गते उनले १६ वर्षिय किशोरीलाई बलात्कार गरेका हुन्। प्रहरीका अनुसार अभियुक्त श्रेष्ठ विगत ५ वर्षदेखि पीडितकै कोठामा बस्दै आएका थिए। पीडितका आमालाई उनले दिदी नाता लगाएर त्यहाँ बस्दै आएका थिए।
२ गते कोठामा कोही नभएको अवस्थामा बलात्कार गरी फरार भएका थिए। असार ८ गते श्रेष्ठलाई पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।