नयाँ दिल्ली- पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारीसाधन बारुदी सुरुङ विस्फोटमा पर्दा ६ जनाको ज्यान गएको छ। ४ जना घाइते भएका छन्।
यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ विस्फोट गराएको हुन सक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन्।
आक्रमणमा झारखण्ड जागुर बलका ६ प्रहरी मारिएका हुन्।
एक भ्रमणको क्रममा यात्रामा रहेका ती प्रहरी अधिकारीहरु आक्रमणमा परेका थिए। घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ।
एक जना वरिष्ठ प्रहरी अधिकारी विपुल सुक्लाका अनुसार गर्वा जिल्लाको चिन्जो क्षेत्रमा वामपन्थी विद्रोहीहरुको निकै उपस्थिति रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।