काठमाडौं– मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीको म्याद पछिल्लो पटक सरकारले २ सय २० दिन थप गरेको छ। यो म्याद थप भएसँगै दसैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारको योजना विफल हुने देखिएको छ।
यसरी शंका उब्जेकै समयमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन नै गरेर दसैंसम्म कुनै पनि अवस्थामा पानी काठमाडौं आउने प्रतिबद्धता व्यक्त गरिन्। उनले ठेकेदार कम्पनी पनि दसैंअघि नै पानी खुवाउने कुरामा सहमत भएको दाबी सोमबारको पत्रकार सम्मेलनमा गरेकी थिइन्। तर मेलम्ची आयोजनामा विगतका सरकारले पनि यस्तो प्रतिबद्धता जनाउँदै आएकाले पूरा हुनेमा धेरैले शंका गरिरहेका छन्।
२०४७ सालदेखि सरकारको भाषणमा समावेश हुन थालेको मेलम्चीले कछुवा गति लिए पनि २०७५ सम्म आइपुग्दा समेत पानी कहिले आउने टुंगो छैन।
विभिन्न समयमा कम्पनीहरुले ठेक्का तोड्ने र सरकारको नीति परिवर्तन हुँदासमेत राष्ट्रिय गौरवको रुपमा राखिएको यो आयोजनामा ढिलाइ हुँदै आएको छ। खानेपानी आयोजना सुरु भएदेखि हालसम्म १७ जना कार्यकारी प्रमुख यसले पाएको छ। खानेपानी काठमाडौं भित्र्याउन सुरुङ खन्ने कार्य भने पूरा भइसकेको छ।
यस्तो छ मेलम्चीको सुरुवातदेखि हालसम्मको समयरेखा-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।