सशस्त्र प्रहरीले गरे श्रीमतीको हत्या

Nepal Live

भीमदत्तनगर- घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्। 

आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए।

'बिहान घरबाट धान रोप्न सँगै निस्केका रहेछन्,' प्रहरी सहायक निरीक्षक ऐरले भने, 'खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो।' कार्की सशस्त्र प्रहरीका जागिरे रहेको ऐरले बताए। हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्‍याइएको छ। 

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन्।रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार