काठमाडौं- साउदीस्थीस्त नेपाली दूतावासको घर फिर्ती केन्द्रमा रहेका २१ जना नेपाली कामदारलाई नेपाल फर्काइएको छ। रोजगारीका लागि एक वर्षअघि साउदी पुगेका उनीहरु अलपत्र परेपछि दूतवासले उद्धार गरी फिर्ती केन्द्रमा राखेको थियो।
सबै कानुनी र प्रशासनिक प्रक्रिया मिलाएर अलपत्र परेका कामदारलाई सोमबार स्वदेश पठाइएको दूतावासले जनाएको छ।
इर्शाद मियाँ, देव अधिकारी, गणेश तामाङ, डम्बरकुमार कटुवाल, बिबराम तामाङ, सुख कामी, सन्तोष पाण्डे, सुशील मानन्धर, सुवास तामाङ र रोशन भुजेललाई दूतावासको सहयोगमा नेपाल फर्काइएको हो। यस्तै, सलाउद्दीन मियाँ, महेश बोलान, मन्सुर नदाफ, अख्तर नदाफ, दानबहादुर बोगटी, नुरुलाह शेख, भीमेश्वर राजवंशी, छत्र रिजाल, प्रेम स्याङतान, नर बुढा र टीकाराम कार्कीलाई स्वदेश ल्याइएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जानकारी दिएको छ।
रोजगारीका लागि साउदी गएका नेपाली कामदार अलपत्र पर्ने क्रम पछिल्लो समय बढ्दो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।