काठमाडौं– बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनामा २ सय १२ दिनको समायावधिबारे विवाद चर्किएको छ। ठेकेदार कम्पनीलाई आयोजनाले २ सय १२ दिनको समायावधि थपेको थियो। तर, सो अवधि कहिलेदेखि लागू हुने भन्नेमा विवाद भएपछि आयोजनाको अवधि लम्बिने भएको छ।
आयोजनाले थपिएको अवधि जुन २४ (असार १०) मा सकिने दाबी गरेको छ। तर, बोर्डले २३ जुनदेखि लागू हुने व्याख्या गरेको छ। जुन विवाद आयोजनाको ‘डिस्प्युट’ बोर्डमा पुगेको छ।
शुक्रबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूहरुको पत्रको अपव्याख्या गरिएको र त्यसविरुद्ध डिस्प्युट बोर्डमा असन्तुष्टिपत्र पठाइएको जानकारी दिइएको थियो। डिस्प्युट बोर्डले पनि निर्णय नसच्याएमा आर्बिटेसनका लागि जाने नीतिगत निर्णय गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
मेलम्चीको पानी दसैंअगाडि काठमाडौंमा आउने बताइए पनि लक्ष्यअनुसार तीव्रगतिमा काम हुन सकेको छैन। समायवधि थप, भुक्तानी लगायतका विवादले पनि काम रोकिएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री बिना मगरले सबै विवाद समाधान गरी कात्तिक १ मा जसरी पनि मेलम्चीको पानी काठमाडौंमा वितरण थालिने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।