ad

इ-सेवामा ओयो आबद्ध, मोबाइलबाटै काठमाडौं र पोखराका होटल बुकिङ गर्न सकिने

Nepal Live

काठमाडौं- होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि अनलाइन भुक्तानी गर्ने गेटवे कम्पनी इ-सेवासँग सहकार्य गरेको छ। 

यससँगै अब इ-सेवाका ग्राहकले आफ्नो मोबाइलबाट सहजै होटलको बुकिङ गर्न सक्नेछन्। राजधानीमा आयोजित कार्यक्रममा इसेवाका प्रेसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेन्ट प्रसुन चौधरीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। इ-सेवाका प्रेसिडेन्ट अलीले यो सहकार्यले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए। 

उनले भने, 'सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएका छौं।' 

यसैगरी ओयोका भाइस प्रेसिडेन्ट चौधरीले ओयो र इ-सेवाको सहकार्यले ग्राहकलाई सेवा दिन सकिन्छ भन्ने विश्वास भएको बताए। 

ओयो मार्फत तत्काल काठमाडौं र पोखराका ३५ भन्दा बढी होटलका ६ सय वटा रूम इ-सेवा मार्फत बुकिङ गर्न सकिने जनाइएको छ। ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजारभन्दा भन्दा बढी कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको छ। 

ओयो र इ-सेवाको संयुक्त कारोबार सञ्चालन गरेको अवसरमा काठमाडौंका होटलहरुमा ७ प्रतिशत र पोखराका होटलहरुमा १५ प्रतिशत 'क्यास ब्याक' को सुविधा दिइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार