पोखरा– पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ।
आइतबार सुरु भएको महानगरको तेस्रो नगरसभामा नगर प्रमुख मानबहादुर जिसीले सो बजेट सार्वजनिक गरेका हुन्।
महानगरको बजेट रकममध्ये ४ अर्ब ३३ करोड ७५ लाख २० हजार बाह्य आयबाट पूर्ति हुने अनुमान गरिएको छ। बाँकी स्रोत नेपाल सरकारको समानीकरण अनुदान, सशर्त अनुदान तथा समपूरक अनुदानलाई बनाइएको छ।
महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। त्यसपछि सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापनलाई जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।