काठमाडौं- सवारीसाधन जथाभावी पार्किङ गरेवापत तिर्नुपर्ने जरिवाना काठमाडौं महानगरपालिकाले वृद्धि गरेको छ।
यसअघिको जरिवाना रकम बढाउँदै महानगरले मोटरसाइकल अनधिकृत ठाउँमा पार्किङ गरे १५ सय रुपैयाँ जरिवाना लाग्ने जनाएको छ।
महानगरका अनुसार, तीनपांग्रे सवारीसाधन जथाभावी पार्किङ गरे २ हजार ५ सय रुपैयाँ जरिवाना लाग्नेछ।
यस्तै, चारपांग्रे हलुका सवारीसाधनलाई ३ हजार र ठूला सवारीसाधनलाई ५ हजार जरिवाना असुलिने महानगरपालिकाले उल्लेख गरेको छ।
यसअघि मोटरसाइकलका साथै तीनपांग्रे र चारपांग्रेको पार्किङ जरिवाना १ हजार रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।