काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरिसक्ने बताएका छन्।
सभामुख महराले संविधान अनुसार कानुन, नियमावली र निर्देशिका तयार नहुँदा केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले पूर्ण अधिकारका साथ काम गर्न नसकेको पनि स्पष्ट पारे। भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आइतबार चितवनको भरतपुरमा उद्घाटन गर्दै महराले प्रतिनिधिसभा अहिले कानुन निर्माणको चापमा रहेको भन्दै अबको २ महिना त्यसैमा केन्द्रित हुने समेत जानकारी दिए।
सभामुख महराले कानुन निर्माणको काम सम्पन्न गरेर मात्रै स्थानीय र प्रदेश सरकारको कार्यक्षमता निक्र्याेल गर्न सकिने पनि बताए।
सभामुख महराले करको दरभन्दा पनि दायरा वृद्धि गरेर अगाडि बढ्न स्थानीय, प्रदेश र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।