समूह 'एच'
कोलम्बिया भर्सेस पोल्यान्ड
समय– असार १० गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा दोस्रो चरणको अन्तिम खेलमा आज राति कोलम्बिया र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
कोलम्बिया र पोल्यान्ड विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।
दुवै टिमको विश्वकपको सुरुवात भने पीडादायी रह्यो। पहिलो खेलमा कोलम्बियालाई जापानले हराएको थियो। यस्तै, कोलम्बियाले सेनेगललाई नतिजा सुम्पेको थियो।
पहिलो खेलमा केही खेलाडीले गल्ती गरेकाले हार बेहोरेको पोल्यान्डका प्रशिक्षक एडम नावल्काले विश्लेषण गरेका छन्। त्यसैले उनले दोस्रो खेलमा खेलाडी परिवर्तन गर्नेछन्। कप्तान तथा स्ट्राइकर रोबर्ट लेवान्डोवस्की फेरि फर्ममा आउने पोल्यान्डको विश्वास छ। किनकि पछिल्लो २ वर्ष पोल्यान्डले जितेका प्रत्येक खेलमा लेवान्डोवस्कीले गोल गरेका छन्।
सन् २००१ र २००६ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको पोल्यान्ड २०१८ मा पनि समूह चरणबाटै घर फर्कन चाहँदैन। त्यसैले खेलाडीहरु व्यक्तिगत गल्ती नदोहोर्याउन प्रतिबद्ध छन्।
कोलम्बियाले जेम्स रोद्रिजेसलाई पहिलो रोजाइमा खेलाउने अनुमान छ। जापान विरुद्धको खेलमा रोद्रिगेज पहिलो रोजाइमा थिएनन्। कोलम्बियाले दोस्रो खेलमा जित निकाल्दै अन्तिम १६ को यात्रा जीवित बनाउन चाहेको कप्तान कप्तान राडामेल फाल्काओले बताए। उनले पोल्यान्ड बलियो टिम भएकाले उनीहरुलाई रोक्ने योजना भएको पनि दाबी गरे।
सम्भावित टिम-
पोल्यान्ड– विजकेइच स्जेस्नी, कमिल ग्लिक, मिचल पजडान, लुकास पिस्जेक, म्यजेज रेबस ज्याकेक गोराल्स्की, जियोजर्ज क्राइचोविक, बोर्तोज बेरेजीनिस्की, कामिल ग्रोसिकी, पिओट जिइलिस्की, रोबर्ट लेवान्डोवस्की।
कोलम्बिया– डेभिड ओस्पिना, सान्टियागो अरियास, क्रिस्टियन जापाटा, ओस्कार मुरिलो, जोहान मोजिका, अबेल अग्युलर, विलमार बारियोस, जुवान काउड्राडो, जेम्स रोद्रिगेज, लुइस मुरिइल, राडाफेल फाल्काओ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।