काठमाडौं– अन्तराष्ट्रिय गिरोहसँग मिलेर नेपालमा सट्टेबाजाको धन्दा चलाउने गिरोहका नाइके अमृत भन्ने नथमल अग्रवाल(नागराज)लाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले उनलाई शनिबार पक्राउ गरेको हो।
उनले गत महिना सम्पन्न इन्डियन प्रिमियर लिग(आइपिएल)मा सट्टेबाजका काम गर्ने भन्दै २ करोड ४० लाख रुपैयाँ लिएर ठगी गरको उजुरी परेपछि पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। आइपिएलको क्रिकेटमा तीन महिनामा तेब्बर फाइदा हुने र हारे पनि पैसा फिर्ता हुने भन्दै पैसा उठाइ ठगी गरेका हुन्।
उनी अन्तराष्ट्रिय गिरोहसँग मिलेर सट्टेबाजको धन्दा चलाउँदै आएका व्यक्ति हुन्।
केही वर्षअघि गौरव तिवारीको समूहसँग मिलेर उनल काम गर्दथे। तर, पछिल्लो समय उनीहरुले छुट्टाछुट्टै सट्टेबाजको धन्दा चलाउदै आएको स्रोत बताउँछ।
तिवारीको समूहलाई प्रहरीले गत महिना पक्राउ गरेको थियो। तर, उनीहरु एक सातामै छुटेका थिए। उनीहरुले अहिले विश्वकप फुटबलमा पनि सट्टेबाज चलाइरहेको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।