बेनी– जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५ छापाका सुशील जिसी रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरीले दिएको जानकारीअनुसार सवारी ज्यान मुद्दामा अदालतले एक वर्ष ११ महिना दुई दिन कैद सजाए तोकेका दमाईलाई बेनी नगरपालिका–७ बाट पक्राउ गरी कारागार चलान गरिएको छ।
त्यसैगरी चोरी मुद्दामा ४ वर्ष एक महिना १० दिन कैद सजाय तोकेका खत्रीलाई बेनपा–६ छापाबाट पक्राउ गरी अदालतको आदेशानुसार कारागार चलान गरिएको छ भने सोही मुद्दाका अर्का अभियुक्त सुशील जिसीलाई शनिबार निजको घरबाट नै पक्राउ गरिएको र आज अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।