काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणबाट फर्किएका छन्। चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणमा उनी गत असार ५ गते चीन भ्रमणमा गएका थिए।
विमानस्थलमा उनलाई कार्यबहाक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका छन्।
आइतबार बिहान उनीसहितको टोली हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट स्वदेश फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।