लहान– सिरहाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ करोड ६ लाख ६० हजार रुपैयाँको बजेट पारित गरेको छ।
शनिबार सम्पन्न दोस्रो नगरसभामा नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गरेको बजेट सर्वसम्मतले पारित भएको हो। बजेटमा चालु खर्चतर्फ १२ करोड ४ लाख ९८ हजार र पूँजीगत खर्चतर्फ ३२ करोड १ लाख ६२ हजार रुपैयाँ बजेट पारित भएको नगरप्रमुख यादवले बताए।
भौतिक पुर्वाधार निर्माण, शैक्षिक तथा स्वास्थ्यमा गुणस्तरीयता र सामाजिक विकासमा बजेट केन्द्रित रहेको उनले जानकारी दिए।
नगरसभाले स्थानीय तह सञ्चालनका लागि आवश्यक विभिन्न १६ वटा ऐन समेत पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।