समूह जी
इंग्ल्यान्ड भर्सेस पानामा
समय– असार १० गते, साँझ ५:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपको 'जी' को खेलमा आज साँझ इंग्ल्यान्ड र पानामाबीच प्रतिस्पर्धा हुँदैछ।
१२ वर्षपछि विश्वकप जितबाट सुरु गरेको इंग्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सके समूह चरणको अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गर्नेछ। जसले अन्तिम खेलमा बेल्जियम र इंग्ल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्डले जितेमा पानामा र ट्युनिसिया भने बाहिरिनेछन्।
इंग्ल्यान्डका ह्यारी केन उच्च फर्ममा छन्। तर 'डेड बल'मा भने इंग्ल्यान्ड चुकिरहेको छ। ट्युनिसिया विरुद्ध पनि इंग्ल्यान्डको समस्या यस्तै देखिएको थियो। त्यसैले प्रशिक्षक गारेथ साउथगेटले टिमलाई अझै चुस्त पर्नु पर्ने देखिन्छ।
पहिलो खेलमा पराजित भएको पानामा इंग्ल्यान्डदेखि सचेत छ। बेल्जियम विरुद्ध डिफेन्समा कमजोर देखिएको पानामाले इंग्ल्यान्ड विरुद्ध डिफेन्समा विशेष ध्यान दिनेछ। पानामा सकेसम्म उत्कृष्ट खेल्दै विश्वकपमा पहिलो गोल गर्न चाहान्छ। यो चाहाना इंग्ल्यान्ड विरुद्ध पूरा हुन्छ या हुँदैन त्यसका लागि खेल कुर्ने पर्ने हुन्छ।
सन् २००६ पछि राम्रो सुरुवात गरेको इंग्ल्यान्ड आफ्नो फर्मलाई निरन्तरता दिन चाहान्छ। त्यसलै उसले पानामालाई कमजोर आँकलन गर्ने छैन। फिट हुन संघर्षरत डेल अली र रहिम स्टर्लिङको स्थानमा रुबेन लोफटस र मार्को रासफोडले खेल्ने सम्भावना छ। यस्तै पानामाका खेलाडी शरिरीक रुपमा बलिया भएकोमा पनि इंल्यान्ड सचेत छ।
विश्वकप डेब्यू खेलमा राम्रो खेल्न नसेको पानामा दोस्रो खेलमा प्रदर्शन सुधार गर्ने योजनामा छ। उसले ४–१–४–१ को फर्मेसनमा खेल्न सक्नेछ। पानामा डिफेन्समा राम्रो भएपनि फरवार्डमा कमजोर छ। पछिल्ला ७ खेलमा पानामाले २ गोल गर्न सकेको छ। ७ मध्ये २ खेल बराबरीमा सकिदा ५ खेलमा पानामा पराजित भएको छ।
सम्भावित टिम
इंग्ल्यान्ड– जोर्डन पिकफोर्ड, केल वाकलर, जोन स्टोन्स, ह्यारी माग्युर, केइरन ट्रिपेइर, रुबेन लोफटस, जोर्डन हेन्डर्सन, जिसे लिङगार्ड, एस्ले योङ, मार्कोस रासफोड, ह्यारी केन
पानामा – जिमी पेनेडो, रोमान टोरेश, फिडेल इस्कोबार, मिचेल मुरिलो, इरिक डेभिस, ग्राबियल गोमेज, एनिबल गोडी, अर्मान्डो कुपर, इडगर बार्सेनास, जोस लुइस रोद्रेज, ब्लास पेरेज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।