त्रिपोली– भूमध्यसागरीय बाटो हुँदै यूरोप जाने क्रममा लिबियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको र कम्तीमा २ सय जनालाई सकुशल उद्धार गरिएको लिवियाली नौसेनाले शनिबार जनाएको छ।
उद्धार गरिएकामध्ये ३ बालबालिका र ९ जना महिला रहेका छन्। दुर्घटनामा परेका ९४ जनालाई शुक्रबार उद्धार गरिएको थियो भने बाँकि सबैजनालाई शनिबार उद्धार गरिएको छ। त्रिपोलीबाट करिब २५ किलोमिटरको दूरीमा रहेको गराबुलीमा डुङ्गा दुर्घटना भएको हो।
मृतक सुडान, नाइजेरिया, चाड, र इजिप्टका नागरिक रहेको लिवियाली नौसेनाका प्रवक्ता आयोव कासेमले बताए।
गत बुधबारदेखि शनिबारसम्म करिब ९ सय आप्रबासीलाई मौसममा आएको परिवर्तनका कारण असुरक्षित देखिएको सामुद्रिक बाटो भएर अघि जान रोकिएको वा उद्धार गरिएको उनले जानकारी दिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।