काठमाडौं- डाक्टर गोविन्द केसीले सरकारको गैरप्रजातान्त्रिक कदमविरुद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन्।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भन्दै शनिबार राजधानीको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा उनले प्रजातन्त्र विरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताए। प्रजातन्त्रको मुख्य मर्म नै वाक् र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनले माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गरे। उनले गैरप्रजातान्त्रिक काम हुन नदिने पनि उद्घोष गरे।
8वाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र 8वाद, साम्यवादी उन्मुख दलहरु भनिए पनि व्यवहारमा त्यसो नभएको उनको तर्क थियो। शिक्षा र स्वास्थ्यमा चरम व्यावसायीकरण भएको भन्दै त्यसमा नेताहरुकै संलग्नता रहेको आरोप पनि उनले लगाए।
डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उनका समर्थकहरुले बालकृष्ण ढुंगेलको माफी रद्द गर, व्यक्ति हत्याको हत्या राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर, गंगामायाको माग पूरा गर, अपराधीलाई गिरफ्तार गर, गुणस्तरीय र निशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्ति गर भन्ने नारा लेखिएका प्ले कार्ड लिएका थिए।
सरकारले यसअघि नै माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।