राजविराज– चट्याङ लागेर शनिबार बिहान सप्तरीमा एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।
चट्याङ लागेर विष्णुपुर गाउँपालिका ६ की ५० वर्षीया केशरीदेवी यादवको मृत्यु भएको हो। घटनामा उनकी बुहारी २५ वर्षीया रिंकु यादव घाइते भएकी छिन्।
बिहान साढे ९ बजे घर नजिकैको खेतमा मुङको दाल टिप्दै गरेका दुवैलाई चट्याङ लागेको थियो। सासु केशरीदेवीको घटनास्थलमै जलेर मृत्यु भएको र बुहारी रिंकुको स्थानीय सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।