नुवाकोट- जिल्ला ट्राफिक कार्यलय नुवाकोटले चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा १७ हजार ७ सय सवारी चालकलाई कारबाही गरी १ करोड १० लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ।
त्रिदेशीय मार्गको रुपमा रहेको नुवाकोटको विभिन्न रुटमा चल्ने सवारी साधनहरुमध्ये १७ हजार ७ सय सवारी कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स नबोकी सवारी साधन चलाउने, झुन्डिएर यात्रा गराउने, बिना हेल्मेट मोटरसाइकल हाँक्ने तथा मदिरा सेवन गरी सवारी चलाउनेहरु कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यलय नुवाकोटका प्रमुख शम्भूबहादुर अधिकारीले बताए।
जिल्लामा अघिल्ला वर्षहरुको तुलनामा चालु आर्थिक वर्षमा केही हदसम्म दुर्घटना न्यूनीकरण भएको छ। गत आर्थिक वर्षमा ९५ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनासम्ममा १४ लाख ७२ हजार रुपैया राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।