काठमाडौं- वीर अस्पतालको रङरोगन तथा सरसफाइको काम सम्पन्न भएको छ। कालाकार सीताराम कट्टेल 'धुर्मुस'ले सफाइ अभियान थालेको ४४ दिनमा काम सकेका हुन्।
अस्पताल सफाइ अभियानको सबै काम सकिएपछि धुर्मुले अबको केही दिनमा औपचारिक रुपमा हस्तान्तरण गर्ने तयारी भएको जानकारी दिए। सफाइ अभियानको यो अवधिमा वीर अस्पतालको अनुहार फेरिएको छ। काला र मैला भित्ता तथा भुइँ चम्किला भएका छन्।
सुरुमा १५ दिन सफाइ गर्ने भनिए पनि अस्पताल सफाइ काम नसकिएपछि सफाइ अभियान निरन्तर चलिरहेको थियो।
वैसाख २३ मा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, कलाकार धुर्मुससहितको टोली र सरसफाइकर्मी खेम शर्माले वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु भएको थियो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।