समूह एफ
दक्षिण कोरिया भर्सेस मेक्सिको
समय – असार ९ गते , राति ८: ४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपअन्तर्गत समूह एफको खेलमा मेक्सिको र दक्षिण कोरियाबीच आज राति प्रतिस्पर्धा हुँदैछ।
पहिलो खेलमा स्विडेनसँग पराजित भएको कोरिया दोस्रो खेलमा तीन अंका लागि खेल्नेछ। त्यसो त कोरियाले विश्वकपका पछिल्ला १३ खेलमा १२ खेलमा गोल खाएको छ। लगातार खराब प्रदर्शन गरिरहेको कोरियाका लागि राम्रो खेल्नुपर्ने दबाब छ।
विश्वकपमा कोरियाले लगातार २ खेल गुमाएको छ। तर, कोरियाले प्रत्येक तेस्रो खेलमा जित निकाल्ने गरेको छ।
मेक्सिको उच्च मनोबलमा छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेपछि मेक्सिको दोस्रो खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ। तर, कोरियाको डिफेन्स बलियो भएकाले त्यसलाई भत्काउन मेक्सिकोले मिहिनेत गर्नुपर्ने देखिन्छ।
हिर्भिङ लोजानो उच्च फर्ममा छन्। उनले डच क्लब पिएसभीका लागि सिजनमा २९ खेल खेल्दा १७ गोल गरेका थिए।
दक्षिण कोरियाका मिडफिल्डर के सङ्युएङ् प्लेमेकर हुन्। देशका लागि १ सय ४ खेल खेलिसकेका उनीबाट कोरियाले मेक्सिको विरुद्धको खेलमा ठूलो आशा गरेको छ।
खेलअघि कोरियाको मिडफिल्डर जङ वु योङले इतिहासको आधारमा दुई टिमलाई तुलना गर्न नमिल्ने बताए। उनले मेक्सिको राम्रो टिम भए पनि आफूहरुसँग जित निकाल्ने रणनीति भएको बताए।
यता, मेक्सिकोका प्रशिक्षक ओसोरिओले प्रतिद्वन्द्वी टिमभन्दा आफूहरु बलियो भएको दाबी गरेका छन्। उनले मेक्सिकोले अहिले राम्रो खेल्नुपर्ने बताए। यस्तै, मिडफिल्डर फाबियनले मेक्सिकोमा राम्रा खेलाडी भएकाले जित हासिल हुनेमा ढुक्क रहेको बताएका छन्।
दक्षिण कोरिया : किम सेएग्यु, लि योङ, किम योङ्गवन, जाङ ह्यूसो, पार्क जोहो, कि सेनयुइङ, जङ वूयोङ, हाङ हीचन, लि जाइसङ, सन हेउउमिन, किम सिनविक।
मेक्सिको : गुइलेर्मो ओएचा, कार्लोस साल्सेडो, हुगो अयाला, हेक्टर मोरेनो, मियुइल लयुम, हेक्टर हेरेरा, आन्द्रेस गुएर्डाडो, कार्लोस भेला, जेसस कोरोना, जाभियर हर्नान्डेज, हिर्भिङ लाजानो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।