दुर्घटनामा १५ यात्रु घाइते

Nepal Live

​नवलपरासी- पूर्व‐पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा १५ यात्रु घाइते भएका छन्।

गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ यात्रु घाइते भएका हुन्। 

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार