काठमाडौं- गायिका मीना राईको लोकपप शैलीको नयाँ गीत ‘अलिकति पिरतीको बैना देऊ’ सार्वजनिक भएको छ।
मंगल राईको शब्द रहेको गीतमा गायिका राई आफैले संगीत भरेकी छन्। राईले दुई दर्जनभन्दा बढी गीत गाउनुका साथै एक दर्जन गीत रचना गरिसकेकी छन्।
बुद्ध स्वाङबोले एरेन्ज गरेको गीतलाई भर्जिन रेर्कडिङ स्टुडियोमा कुमार सिँजालीले रेकर्डिङ गरेका हुन्।
गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा छमछमी सिजन ३ का फस्ट रनर अप मनिता राईका साथै दिपेश राई, मनि के राई र सपना मगरको फिचरिङ छ।
देवराज गुरुङको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियोलाई गाउँले इन्टरटेनमेन्टका सुरेश राई र गंगाराम राईले छायांकन गरेका हुन्। भिडियोलाई गंगाराम राईले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।