पोखरा– स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेकमा सामाजिक सञ्जालमा अभियान चलाएरै एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। रोजगारका शिलशिलमा कतार गएका स्वरेकबासीले अभियान चलाएर एम्बुलेन्स खरिद गरेका हुन्।
‘नमुना स्वरेकी सहयोगी 8’ नामको संस्था दर्ता गरी सामाजिक सञ्जालमा समूह बनाएर एम्बुलेन्सका लागि रकम संकलन गरिएको हो। सामाजिक सञ्जालबाट संकलन गरिएको करिब ११ लाखमा टाटाको सुमो गाडी खरिद गरिएको 8का अध्यक्ष घनश्याम पाण्डेले जानकारी दिए। ‘एम्बुलेन्स आइसकेको छ, केही दिनमै स्वरेकमा कार्यक्रम आयोजना गरेर सेवा सरु गर्छौं।’
स्वरेक स्याङ्जाको एक पर्यटकीय ठाउँ भएर पनि एम्बुलेन्स नहुँदा केही दुर्घटना हुँदासमेत ठूलो समस्या भोग्नु परेको पाण्डेले बताए। उनले भने, ‘विदेशमा बसेका स्वरेकबासी युवाको एम्बुलेन्स खरिद गर्ने सपना पूरा गर्न साथ दिएको हुँ,’ पाण्डेले भने।
अभियानका संयोजक भेषराज पराजुलीले विदेशमा बसेकाहरुले दुःख गरेर कमाएको पैसा संलकन गरेर एम्बुलेन्स किन्न सफल भएको बताए। ‘स्वरेकमा एम्बुलेन्स पुग्नुमा विदेशमा बसेर पनि स्वरेकलाई माया गर्नेहरुको ठूलो साथ छ।’ एम्बुलेन्स खरिद गर्नकै लागि सामाजिक सञ्जालमा अभियान चलाउँदा धेरैले असफल पार्न खोजेको पनि उनको गुनासो गरे।
8प्रति माया हुनेहरुले अभियानमा खुलेर साथ दिएको ‘नमूना स्वरेक सामाजिक कोष’ कतारका अध्यक्ष महेन्द्र पाण्डेयले बताए। उनले भने, ‘आपतकालीन अवस्थामा मात्रै एम्बुलेन्सको महत्व सबैले बुझ्छन्, अहिले सबैले नबुझ्न पनि सक्छन्,’ अभियानका सह–संयोजक जीवन पौडेलले विदेशमा बसेर पनि स्वदेशमा भएका आफन्त बिरामी पर्दा अप्ठ्यारो नपरोस् भनेर सहयोग गरेको बताए।
अभियानमा हालसम्म ११ लाख ६५ हजार ३ सय ३ रुपैयाँ संकलन भएकोमा ११ लाखको एम्बुलेन्स खरिद गरिएको संस्थाका सचिव इन्द्रप्रसाद पराजुली (नवराज) ले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।