समूह ई
सर्विया भर्सेस स्विट्जरल्यान्ड
समय : असार ८ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप अन्तर्गत समूह 'ई' को खेलमा दुई आत्मविश्वासी टिमबीच आज मध्यरातमा प्रतिस्पर्धा हुँदैछ। कोस्टारियकालाई हराएको सर्विया र बलियो ब्राजिललाई रोकेको स्विट्जरल्यान्डबीच आज हुने प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
जित हात पारेको अवस्थामा सर्विया अन्तिम १६ मा पुग्नेछ। स्विट्जरल्यान्डलाई हराए स्वतन्त्र भएपछि सर्विया पहिलो पटक अन्तिम १६ माप पुग्नेछ। अर्कोतर्फ स्विस टिम विरुद्ध सर्वियाको राम्रो इतिहास छ। स्विट्जरल्यान्ड विरुद्ध १३ खेल खेल्दा सर्वियाले २ खलेमात्र गुमाएको छ। जारी विश्वकपमा आत्मविश्वासी देखिएको सर्वियाले स्विट्जरल्यान्ड १४ औं खेलमा हराए ऐतिहासिक उपलब्धि हासिल गर्नेछ।
पहिलो खेलमा ब्राजिललाई रोकेको स्विट्जरल्यान्डलाई अन्तिम १६ मा पुग्न सर्वियालाई हराउनु पर्ने अवस्था छ। सन्तुलित तथा प्रतिभाशाली सर्वियन टिमको फर्मप्रति स्विट्जरल्यान्ड सचेत छ। टिममा भालोन बेहरमी फर्कउने फर्कदा स्विट्जरल्यान्डलाई फाइदा पुग्नेछ।
सम्भावित टिम
सर्विया: भ्लादिमिर स्टोजकोभिक, ब्रनिस्लाभ इभानोभिक, निकोला मिलेनकोभा, डुस्को टोसिक, अलेक्जेन्डर कोलारोभ, नेमान्जा माटिक, सर्जेज मिलिन्कोभिक साभिक, डुसान टाडिक, अदेम एलजाजिक, फिलिप कोस्टिक, अलेकसन्दर मिट्रोभिक
स्विट्जरल्यान्डः सोमार, लिचटेइनर, स्चाइर, अकन्जी, रोद्रिगेज, बेहरामी, जाका, साकिरी, डिजमाइली, जुबर र सेफेरोभिक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।