काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन तीन कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएकाहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत (इन्सपेक्टर) दोलखबहादुर कार्की, नेपाल प्रहरीका सइ विकास कार्की र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षविरुद्ध मुद्दा दायर भएको हो। जन जागृत माध्यमिक विद्यालय, करुवानी, रुपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सर्वजीतप्रसाद चौधरी भन्ने सर्वजीत थारुविरुद्ध पनि मुद्दा दायर भएको हो।
तीनै जना भारतमा पढेको भन्दै शैक्षिक प्रमाणपत्र पेश गरेकोमा अनुसन्धानको क्रममा उनीहरुले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।