काठमाडौं– नेपालमा आउने पर्यटकलाई पथ प्रर्दशकको रुपमा काम गर्ने व्यक्तिहरुको अनुमतीपत्र समेत नक्कली हुने गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले त्यस्ता ६ जना नक्कली गाइडलाई पक्राउ गरेको छ।
उनीहरुले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा स्नातक तहको परिक्षा उत्तिर्ण गरी चिनियाँ भाषाको पर्यटक पथ प्रदर्शकको अनुमती देखाएर काम गर्दै आएका थिए। तर, उनीहरुले नाथममा पढ्दै नपढेको खुलेको छ। नपढीकन त्यस्तो अनुमती पत्र पाइदैन।
अनिल महर्जन, रमेश महर्जन, राजिप महर्जन, अमृत डंगोल, किशोर चौगुठी, माधव चालिसेलाई सिआइबीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।
यसअघि सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकितसक इन्जिनियर तथा पाइलटलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।