ad

करोडौं रुपैयाँ लिएर व्यापारी फरार

Nepal Live

वीरगन्ज- बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगन्ज  घन्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेको छ।

मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका छन्। 

मुकेशले वीरगन्जको ग्लोबल आइएमई बैंकको रु एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको रु ३ करोड गरी रु ४ करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ। 

बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ। फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार