काठमाडौं– सिमेन्ट उद्योगमा पहिलो पटक शिवम् सिमेन्टले प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्ने निश्चित भएको छ।
शिवम् सिमेन्टलाई नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने अनुमति दिएसँगै कम्पनीले आइपिओ जारी गर्ने निश्चित भएको हो।
उक्त सेयरमध्ये शिवम्ले ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय र ४४ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्पनीले उद्योग प्रभावित स्थानीयलाई अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३ सय रुपैयाँका दरले आइपिओ जारी गर्न लागेको हो।
सर्वसाधरणको लागि भने अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ४ सय रुपैयाँको दरले आइपिओ जारी गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।