बनियानी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुक १५ वर्षभित्र समृद्ध बन्न सक्ने बताएका छन्।
झापा अर्जुनधारा नगरपालिकाको दोस्रो नगरसभालाई बिहीबारसम्बोधन गर्दै उनले भने,‘सबै एकजुट भएर लागे चाँडै समृद्धि हासिल गर्न सकिन्छ। त्यसका लागि १५ वर्षको समय काफी हुन्छ।’
मुख्यमन्त्री राईले विकासको कार्यमा ढिला गर्न नहुने बताउँदै भने,‘विकासका गतिविधि सुस्त भयो भने संघीयता स्थायी हुन सक्दैन।’
‘राष्ट्र, राष्ट्रियता र समृद्धि वर्तमान सरकारकै पालामा सम्भव छ,’ उनले भने,‘विकास हामीले गर्ने हो, बाहिरको कुनै पनि मानिस आएर हाम्रा लागि काम गरिदिँदैनन्।’
मुख्यमन्त्री राईले जनप्रतिनिधिले प्रशस्त अधिकार पाएकाले त्यसको सदुपयोग गरेर अब जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।