बेइजिङ– चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले बिहीबार ग्रेट हल अफ द पिपुलको वेष्ट हलमा रात्रिभोजको आयोजना गरेका छन्।
सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो।
प्रधानमन्त्री ओली शुक्रबार बिहान चीनको स्वशासित प्रदेश ल्हासा प्रस्थान गर्ने कार्यक्रम छ। ल्हासामा उनले नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।