काठमाडौं- २०१८ फिफा विश्वकपमा अर्जेन्टिनामाथि क्रोएसियाले ३–० गोलको सानदार जित हात पारेको छ।
जितसँगै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ भने अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। अन्तिम खेलमा नाइजरियालाई पराजित गरेमा अर्जेन्टिनाको अन्तिम १६ पुग्ने सम्भावना हुन्छ।
अर्जेन्टिनालाई पराजित गर्ने क्रममा क्रोएसियाका रेबिक, लुका मोड्रीक र इभान राकिटिकले गोल गरेका थिए। तीनै गोल दोस्रो हाफमा भएका थिए।
हेर्नोस् भिडियोमा :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।