काठमाडौं- नेपालमा सूर्तीजन्य वस्तु २ अर्बभन्दा बढी रकमको आयात हुने गरेको पाइएको छ।
भन्सार विभागको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको १० महिनामा २ अर्ब २९ करोड ६५ लाख १२ हजार रुपैयाँ बराबरको सूर्तीजन्य वस्तु आयात भएको छ। गत आर्थिक वर्षमा ३ अर्ब १८ करोड रुपैयाँ बराबरको सूर्तीजन्य वस्तु भित्रिएको थियो।
सूर्तीजन्य पदार्थ सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात हुने गरेको छ। चालू आवको १० महिनामा भारतबाट मात्रै २ अर्ब २० करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबरको सूर्तीजन्य वस्तु भित्रिएको छ।
यस्तै, प्रशोधन गरिएको चुरोट इन्डोनेसियाबाट ठूलो परिमाणमा आयात हुने गरेको छ। १० महिनामा नेपालमा ५ करोड ५ लाख ५२ हजार रुपैयाँ बराबरको चुरोट इन्डोनेसियाबाट नेपाल भित्रएको छ। त्यस्तै, फिलिपिन्स, मलेसिया लगायतका मुलुकहरुबाट पनि ठूलो रकमको सूर्तीजन्य पदार्थ आयात हुने गरेको छ।
१० महिनामा कुन देशबाट कति रकमको सूर्तीजन्य वस्तु भित्रिए?
भारत– २ अर्ब २० करोड ६६ लाख ९९ हजार
इन्डोनेसिया– ५ करोड ५ लाख ५२ हजार
फिलिपिन्स– २ करोड १० लाख १६ हजार
मलेसिया– १ करोड ८२ लाख २५ हजार
चीन– ८ हजार
अमेरिका– ७ हजार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।