हेटौंडा- प्रदेश ३ को राजधानी हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला एक दिन लम्बिने भएको छ।
सभापतिहरुले बोल्ने क्रम नसकिएपछि भेला थप एक दिन लम्बिने भएको हो। मंगलबारदेखि सुरु भएको भेलामा बुधबारदेखि चलेको बन्दसत्रमा हालसम्म ५५ जना जिल्ला सभापतिले मात्रै बोलेका छन्। ७७ जिल्ला सभापतिमा पाँच जना भने भेलामा अनुपस्थित रहेको बताइएको छ।
यस्तै, हेटौंडा घोषणापत्रले पनि अन्तिम रुप पाइनसकेकाले भेला एक दिन लम्बिने भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
घोषणापत्रले पूर्णता नपाउनु, सभापतिहरुको बोल्ने क्रम नसकिनुका साथै सातै प्रदेशबाट एकत्रित सुझाव प्रतिवेदन संकलन गर्नुपर्ने भएकाले भेला लम्बिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।