काठमाडौं– लर्डस्मा नेपालले खेल्ने त्रिकोणात्मक टी–ट्वान्टी शृङखलामा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को कप्तानी श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्धनेले गर्ने भएका छन्। बुधबार एमसीसीका टिम कप्तानमा उनलाई चयन गरिएको हो।
आगामी जुलाई २९ मा हुने सो खेलमा नेपाल, नेदरल्याण्ड र एमसीसीबीच प्रतिस्पर्धा हुँदै छ।
एमसीसीको कप्तानमा चयन भएका जयवर्धनले श्रीलंकाका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन्। टेष्टमा उनले १२ हजार रन बनाएका छन्।
४ सय ४८ वान–डे मा १२ हजार ६ सय ५० रन बनाएका छन्। भने ५५ टी–ट्वान्टीमा १ हजार ४ सय ९३ रन बनाएका छन्।
एमसीसीको टोलीमा स्कटल्यान्डका खेलाडीहरु डायलन बुज, एलास्डाएर इभान्स र मार्क वाट गरी तीन खेलाडी पनि समाबेश भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।