पोखरा- पोखरा–लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्ने प्रस्ताव आगामी नगरसभामा पेस गरिने भएको छ। नगरसभामा प्रस्ताव पारित भएपछि महानगरको नाम परिवर्तन हुनेछ।
‘पहिलेको सभामा पनि प्रस्ताव गएको थियो, अहिलेको सभामा पनि प्रस्ताव जान्छ,’ महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने।
साबिक लेखनाथ नगरपालिकाका २२ देखि २३ सम्मका वडाध्यक्षले समेत नाम परिवर्तन गर्न लिखित सहमति गरिसकेको उनले जानकारी दिए। महानगरको नाम लामो भएकाले पोखरा मात्र राख्न सबैतिरबाट माग हुँदै आइरहेको थियो।
महानगरको नगरसभा असार १० मा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।