हेटौंडा– तीन दिनदेखि जारी नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिने भएको छ।
बुधबारदेखि सुरू भएको बन्द सत्रमा चार दर्जन जिल्ला सभापतिले आफ्नो धारणा राखिसकेका छन्। भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन्।
हेटौंंडा घोषणापत्र तयार गर्नका लागि ३ नेतालाई जिम्मेवारी दिइएको छ। सभापतिहरुको तर्फबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, दुई पक्षलाई समन्वय गर्ने गरी डा मिनेन्द्र रिजाल र वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट डा रामशरण महतलाई जिम्मेवारी तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।