लुसाका– जाम्बियाको दोस्रो ठूलो शहरको रूपमा चिनिने किटवेमा रहेको एउटा खानी उद्योगमा भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।
मृत्यु भएका सवै जना खानी मजदुर रहेको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
‘घटनास्थलबाट १० जनाको शव निकालिएको छ भने अरू ७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ,’ कोप्पेर्बेल्ट प्रान्तका एक जना उच्च प्रहरी अधिकारी चारिटी काटाङगाले भन्े।
घटनास्थलमा खोजी तथा अनुसन्धान कार्य अहिले पनि जारी रहेको उनले जानकारी दिए।
स्थानीय सञ्चार माध्यमका अनुसार यस्ता घटनाहरू लगातार भइरहेपछि खानी उद्योगहरू बन्द गर्न स्थानीय तथा अधिकारकर्मीहरुले एक अहिना अगाडि नै दबाव दिएका थिए।
जाम्बिया विश्वमै धेरै खानीबाट तामा निकाल्ने देशमा पर्दछ। उसको आम्दानीको मुख्य स्रोत पनि यही नै हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।