रोनाल्डोको कीर्तिमानी गोल भिडियोमा

Nepal Live

एजेन्सी– २०१८ फिफा विश्वकपमा मोरक्को विरुद्ध गोल गर्दै पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने युरोपियन खेलाडी बनेका छन्। मोरक्को विरुद्धको गोल रोनाल्डको ८५औं अन्तर्राष्ट्रिय गोल हो।

यसअघि युरोपबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हंगेरीका फेरेन्क पुस्कस थिए। उनले ८९ खेल खेल खेल्दै ८४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। रोनाल्डोले ८६ गोल गर्न भने १ सय ५२ खेल खेलिसकेका छन्। 

यता रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन्। रोनाल्डोले पुस्कसलाई पछि परेका हुन्। सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा  इरानका अली डाएइ छन्। उनले १ सय ४९ खेलमा १ सय ९ गोलगरेका थिए। 

हेर्नुहोस् भिडियो : 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार