काठमाडौं- लेखक, पत्रकार एवं टेलिभिजनकर्मी विजय कुमारको पहिलो उपन्यास प्रकाशन संस्था फाइनप्रिन्टले छाप्ने भएको भएको छ।
२०७५ सालभित्रै बजारमा आउने उक्त आख्यानको प्रकाशनबारे मंगलबार लेखक र प्रकाशकबीच सम्झौता भयो। सम्झौतामा लेखक विजय कुमार र फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले हस्ताक्षर गरे।
हस्ताक्षरपछि लेखक विजय कुमारले भने, ‘लेखनशैली र विषयवस्तु दुवै दृष्टिबाट यो उपन्यास नेपाली भाषामा एक नयाँ प्रयोग हुनेछ।’
फाइनप्रिन्टका प्रमुख कार्यकारी भारीले मदन पुरस्कार विजेता लेखकको दोस्रो कृति प्रकाशन गर्न पाएकोमा आफूहरु गौरवान्वित भएको बताए।
मदन पुरस्कार विजेता कृति 'खुसी' २०७१ सालमा फाइनप्रिन्टबाट प्रकाशित छ।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।