काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक रमेश बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ।
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाइ पेश गरी प्रहरी सेवामा भर्ना भएको खुलेपछि आयोगले मुद्दा दायर गरेको हो।
उनले बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल, पटनाबाट इन्टरमिडियट पास गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए। जून नक्कली भएको खुलेपछि आयोगले मुद्दा दायर गरेको हो।
केही दिनयता आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी सरकारी कर्मचारीविरुद्धको कारबाहीमा आयोगले तिव्रता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।