काठमाडौं- कुमारी बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ।
बैंकले आफ्ना ग्राहकहरुलाई उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग सम्झौता गरेको हो।
उक्त सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन्। यो सम्झौतापछि कुमारी बैंकका ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउँदा उपचार सेवामा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगायत देशभित्रका नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का लगायत अस्पतालमा उपचार गराउँदा विशेष छुट दिने सम्झौता गरिसकेको छ।
कुमारी बैंकले ८६ वटा शाखा, ६१ वटा एटिएम तथा २ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई सेवा दिँदै आएको छ। त्यस्तै, बैंकले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइबर बैंकिङ सेवा पनि प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।